ओलीका रिट फेरि प्रधानन्यायाधीशकै बेन्चमा
२२भदौ, काठमाण्डौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको पेसी पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ।
यसअघि आइतबार पनि प्रधानन्यायाधीश राणाकै इजलासमा तोकिएको थियो। तर त्यो दिन ‘हेर्न नभ्याइएको’ भन्दै सुनुवाइ हुनसकेको थिएन।
राणाको इजलासमा मंगलबार १० वटा रिट छन्। ओलीका तीनवटा रिट अन्तिममा राखिएको छ।
नयाँ दल दर्ताविरुद्ध ओलीले वारेसनामामार्फत भदौ १७ गते तीनवटा रिट दर्ता गराएका थिए।
रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गर्न पत्राचार गरिसकेको अवस्थामा निर्वाचन आयोगले मान्यता दिएर नयाँ पार्टी दर्ता गर्नु असंवैधानिक रहेको जिकिर गरिएको छ।
रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेता नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ।
रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश पनि माग गरेको थियो।
यसअघि शुक्रबार यो मुद्दाको पेशी न्यायाधीश मीरा खड्काको एकल इजलासमा चढेको थियो। शुक्रबार बेन्च बस्न नभ्याएकाले सुनुवाइ भएको थिएन।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply