एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा
१० असोज, काठमाडौं । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका थिए ।
विगत केही समयदेखि संस्थाको गरिमा खस्किएको भन्दै उनले आफू अध्यक्ष भए गरिमा बढाउने बताए । उनले अघि भनेका छन्, ‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो हिजो आज बढ्दै गएको छ । त्यसैले आर्थिक अनियमितता र दुरुपयोग रोक्दै यस्ता गुनासो आउने नदिने प्रतिवद्धता व्यक्त गर्छु ।
उनले कसै पनि दोष लगाउन नचाहेको, तर संघको नेतृत्व तहका केही जिम्मेवार व्यक्तिले संस्थालाई व्यक्तिगत स्वार्थ अनुरुप प्रयोग गरेको आरोप लगाए । यसले संस्थाको शाख गिरेको भन्दै अध्यक्षका उम्मेदवार आचार्यले भने, सदस्यता र डेलिगेटसम्बन्धी विवादका कारण निर्धारित समयमा महाधिवेशन नहुने हो कि भन्ने आशंका बढेको छ ।
विवादको विधान सम्वत समाधान खोजेर निर्धारित मितिमा स्वतन्त्र, धाँधलीरहित निर्वाचन गर्नेमा उनले जोड दिए । साथै आर्थिक अनियमिताबारे छानविन गरी दोषीलाई कारबाही गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र अन्तराष्ट्रिय समन्वय परिषदसँग माग समेत गरेका छन् ।
उनले संघको पञ्जिकृत सदस्यहरुको संख्या ५ लाख पुर्याउने आफ्नो लक्ष्य रहेको बताए । संविधानले एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको भन्दै आचार्यले भने, ‘गैरआवासीय नेपाली नागरिकता, पासपोर्ट र नेपालमा रहेको पैत्रिक सम्पत्तिको सुरक्षाको प्रत्याभूति हाम्रो प्रमुख माग हो । सरकार, संसद र राजनीतिक दलहरुसँग सम्वाद गरी यो समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
Leave a Reply