तालिबानको क्रुरता: चार जना अपहरणकारीको शव सार्वजनिक स्थानमा झुन्ड्याइदियो
एजेन्सी । अफगानिस्तानको हेरात सहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको विवरण प्राप्त भएको छ।
तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो। एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको एक स्थानीय अधिकारीले बताएका छन्।
समाचारसंस्था एपीलाई प्रत्यक्षदर्शीले हेरातको केन्द्रमा एउटा क्रेनमा शव झुन्ड्याइएको आफूले देखेको बताएका छन्।
त्यहाँ पसल सञ्चालन गर्ने वजिर अहमद सिद्दिकीले एपीलाई बताएअनुसार उक्त स्थानमा चारवटा शव ल्याइएको र त्यहाँ एउटा झुन्ड्याइएको थियो भने बाँकी तीन वटालाई सहरका अन्य स्थानमा देखाउन लगिएको थियो।
हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबान लडाकुहरूले अपहरणको आरोप लागेका ती मानिसलाई फेला पारेको र गोली हानाहानमा उनीहरूको मृत्यु भएको जनाएका छन्।
हामीले अरू अपहरणकारीलाई चेतावनी दिन तिनका शवलाई हेरातका चोकहरूमा झुन्ड्यायौँ, उनले भनेका छन्। ती मानिसको मृत्यु भएको परिस्थितिमा बीबीसीले स्वतन्त्रतापूर्वक पुष्टि गर्न सकेको छैन। तर, सामाजिक सञ्जालमा प्रेषित बीभत्स तस्बिरमा एउटा पिकअप ट्रकको पछाडिपट्टि रक्ताम्मे शवहरू राखिएको र एउटा क्रेनले एउटा शव उठाइरहेको देखिन्छ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply