प्रदेश १ : एमाले सरकार ढल्दै, राजेन्द्र राई मुख्यमन्त्री बन्ने लगभग निश्चित
१५ कात्तिक, मोरङ । प्रदेश–१ का विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आइतबार बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेको हो ।
निर्धारित कार्यसूची बमोजिम आज (कात्तिक १५) प्रदेश १ को प्रदेश सभामा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिए एमालेको सरकार ढल्ने निश्चित छ । अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक चालेका असंवैधानिक कदम (प्रतिनिधि सभा विघटन) का कारण केन्द्र सरकारबाट बाहिरिएको एमाले एकपछि अर्काे प्रदेश सरकारबाट विस्थापन भइरहेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डा लगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंग्याउने कार्यसूची तय गरिएको छ ।
एमाले विभाजित हुँदा १० जना प्रदेश सांसद् एकीकृत समाजवादीमा लागेपछि एकल बहुमतमा रहेको मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् । मुख्यमन्त्री आचार्यविरुद्ध काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् ।
प्रदेशसभामा ९२ सदस्य रहेकामा नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ४६ सांसद् संख्या आवश्यक हुन्छ । विपक्षी गठबन्धन कांग्रेसको २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १०, जसपासँग तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सदस्य छन् ।
यसअघि यही कात्तिक ७ गते नै त्यहाँका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने मिति तोकिएको थियो । तर त्यही दिन नेपाली कांग्रेसले बैठक स्थगन गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि मतदान हुन पाएन । साथै प्रदेश–१ एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले समेत सदन स्थगनको माग राखेर निवेदन दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १४ (हिजो) सम्म प्रदेशसभा बैठक स्थगन गरेका हुन् ।
सम्बन्धित समाचार
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
Leave a Reply