निर्वाचन परिणाम स्वीकार्छु तर, केन्द्रीय सदस्यमा बस्दिनँ : भीम रावल
१४ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने बताएका छन् ।
मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताए ।
यस्तै उनले सदस्यता वितरण नवीकरण र प्रतिनिधि छनोटमा गलत काम भइरहेको पनि टिप्पणी गरेका छन् । उनले निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर, एमालेको केन्द्रीय सदस्यमा भने नबस्ने पनि प्रष्ट पारेका छन् । निर्वाचन परिणाम जे आए पनि स्वीकार्छु, तर केन्द्रीय समितिमा बस्दिनँ, रावलले भने, केन्द्रीय सदस्यमा मेरो दाबी नै छैन । कसले मेरो नाम राखिदिएछ थाहा भएन ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा रावल र अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिस्पर्धा छ । अहिले अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान हुँदैछ । महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply