माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा ११ दललाई निम्तो
११ पुस, काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारी गरेर अन्तिममा महाधिवेशनमा रुपान्तरण गरेको नेकपा (माओवादी केन्द्र)ले उद्घाटन समारोहमा ११ वटा राजनीतिक दललाई निम्तो पठाएको छ।
महाधिवेशन नभइ राष्ट्रिय सम्मेलन गर्न लागेकाले यसअघि माओवादीले कुनै पनि देशी, विदेशी पाहुनालाई नबोलाउने बताएको थियो। कार्यालय सचिव श्रीराम ढकालले उद्घाटन समारोहमा सबै दललाई निम्तो पठाएको बताए।
महाधिवेशनमा उपस्थितिका लागि माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेरै निमन्त्रणा दिएका थिए । गृहजिल्ला झापाको कार्यक्रममा व्यस्त रहेका ओलीले आफू आउन नभ्याउने जवाफ दिएका थिए ।
आज अपराह्न ३ बजे उद्घाटन हुने महाधिवेशनमा माओवादीले एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा (माले), राप्रपासहित ११ दललाई निम्तो पठाएको हो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
Leave a Reply