माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा ११ दललाई निम्तो
११ पुस, काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारी गरेर अन्तिममा महाधिवेशनमा रुपान्तरण गरेको नेकपा (माओवादी केन्द्र)ले उद्घाटन समारोहमा ११ वटा राजनीतिक दललाई निम्तो पठाएको छ।
महाधिवेशन नभइ राष्ट्रिय सम्मेलन गर्न लागेकाले यसअघि माओवादीले कुनै पनि देशी, विदेशी पाहुनालाई नबोलाउने बताएको थियो। कार्यालय सचिव श्रीराम ढकालले उद्घाटन समारोहमा सबै दललाई निम्तो पठाएको बताए।
महाधिवेशनमा उपस्थितिका लागि माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेरै निमन्त्रणा दिएका थिए । गृहजिल्ला झापाको कार्यक्रममा व्यस्त रहेका ओलीले आफू आउन नभ्याउने जवाफ दिएका थिए ।
आज अपराह्न ३ बजे उद्घाटन हुने महाधिवेशनमा माओवादीले एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा (माले), राप्रपासहित ११ दललाई निम्तो पठाएको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply