भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण
१८ पुस, नयाँदिल्ली । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारका अनुसार २० प्रदेश सांसदहरु पनि संक्रमित भएका छन् ।
कोरोना भाइरसको महामारी तीव्ररूपमा फैलिएकाले आम नागरिकस्तर बाट पनि उच्च सतर्कता अपनाउनुपर्नेमा पावारको जोड छ । भारतमा सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्रयाई गरेकाले महामारी बढी फैलिइएको भन्दै उनले भारतीय जनतालाई अपील समेत गरेका छन् ।
महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको पावारको भनाइ छ । भारतको महाराष्ट्र प्रदेश कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका सक्रमत पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् ।
यसैबीच भारतमा एकै दिन २३ हजार नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७ सय ७५ नयाँ संक्रमित थपिएका हुन् । सोही अवधिमा कोरोनाका कारण ४ सय ६ जनाकोे मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये १,४३१ जनालाई ओमिक्रोन पुष्टी भएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply