२० पुष २०७८, मंगलवार ०२:१६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको ‘बुस्टर डोज’ स्थगित
२० पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) बाट शुरु गरेको कोरोनाविरुद्धको थप मात्रा खोप कार्यक्रम स्थगित गरेको छ ।
मंगलबार मन्त्रालयले सूचना जारी गर्दै प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि थप मात्रा खोप लगाउनेबारे जानकारी गराउने भन्दै हाललाई लक्षित वर्गलाई लगाउने भनिएको तेस्रो मात्रा खोपको कार्यक्रम स्थगित गरेको हो ।
सूचनामा मन्त्रालयले सबै नागरिकलाई कोरोनाविरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूणर् भएको भन्दै राष्ट्रिय खोप अभियानलाई द्रूत गतिमा सञ्चालन गर्न आवश्यक रहेको औंल्याएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि वृद्धवृद्धा, दीर्घरोगी लगायतलाई कोरोनाविरुद्धको तेस्रो मात्रा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
Leave a Reply