प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा
२५ पुस, काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका एकजना सदस्यले भने, प्रधानमन्त्रीज्यू भेटघाट बन्द गरेर आइसोलेट हुनु भएको छ ।
यद्यपि उनमा कोभिडसँग मिल्दाजुल्दा कुनै पनि लक्षण नदेखिएको उनले बताए । त्यसैले कोभिड परीक्षण गर्ने कि नगर्ने भन्ने पनि एकिन भइसकेको छैन । ती सदस्यले भने, ‘अहिले नै पीसीआर टेष्ट गर्ने कि एक-दुई दिन कुरेर परीक्षण गराउने भन्ने अझै एकिन भइसकेको छैन, परामर्श जारी छ ।
शुक्रबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री देउवा सहभागी थिए । त्यसको भोलिपल्ट अर्थात् शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतमा कोभिड पुष्टि भएको थियो ।
शनिबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किएलगत्तै प्रचण्ड संक्रमित भएको खबर पाएपछि देउवा आइसोलेसनमा बसेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply