भारतमा थपिए २ लाख ६४ हजार नयाँ कोरोना संक्रमित
३० पुस, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्यामा फेरि ठूलो उछाल आएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या बिहीबार थपिएका संक्रमितको तुलनामा ६.७ प्रतिशत हो । त्यहाँ हाल कोरोनाको संक्रमण दर १४.७८ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
तर भारतमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढे पनि मृत्यु हुनेको संख्या भने निकै कम छ । त्यहाँ पछिल्लो २४ घण्टामा २१९ जना संक्रमितको मृत्यु भएको छ भने १ लाख ९ हजार ३४५ जना कोरोनामुक्त भएका छन् ।
महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै संक्रमित
भारतमा शुक्रबार थपिएका संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै छन् । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्रै ४६ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो स्थानमा रहेको दिल्लीमा २८ हजार ८६७ संक्रमित थपिएको समाचारमा जनाइएको छ ।
त्यस्तै, कर्नाटकमा २५ हजार ५, पश्चिम बंगालमा २३ हजार ४६७ र तमिलनाडुमा २० हजार ९११ जना नयाँ संक्रमित थपिएका छन् । यता भारतमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमितको संख्या बढेर ५ हजार ७५३ पुगेको छ ।
यसैबीच, बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राज्यका मुख्यमन्त्रीसँग भिडियो सम्मेलनमार्फत् कोभिड-१९ को अवस्थाबारे छलफल गरेका छन् । उक्त छलफलमा मोदीले केन्द्र तथा राज्य सरकारलाई कोभिड महामारीसँग जुध्न सामूहिक कदम चाल्न अपिल गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply