उत्तर कोरियाद्वारा थप दुई मिसाइल परीक्षण
१३ माघ, काठमाडौं । उत्तर कोरियाले छोटो दूरीको थप दुई मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले बिहीबार दिएको जानकारीअनुसार उत्तर कोरियाले समुद्रमा उक्त दुई मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले अमेरिकाबाट आफूलाई उत्पन्न जोखिमबाट बच्नको लागि भन्दै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आइरहेको छ ।
जनवरीमा मात्र उत्तर कोरियाले गरेको यो छौटौं मिसाइल परीक्षण हो । दक्षिण कोरियाले ज्वइन्ट चिफ्स अफ स्टाफले यो मिसाइल परीक्षणको घोषणा गरेको हो । अल जाजिराका अनुसार यो मिसाइल उत्तर कोरियाको पूर्वी समुद्री सहर हामहुङबाट परीक्षण गरिएको हो ।
उक्त मिसाइल करिब ११९ किलोमिटर टाढा खसेको समाचारमा उल्लेख छ । दक्षिण कोरियाले आफूहरु उत्तर कोरियाको मिसाइल परीक्षणको विषयमा थप जानकारी हासिल गर्ने क्रममा रहेको उल्लेख गरेको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिडाले यस विषयमा विस्तृत जानकारी उपलब्ध नभए पनि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण ‘अत्यन्त खेदजनक’ रहेको बताएका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply