उत्तर कोरियाद्वारा थप दुई मिसाइल परीक्षण
१३ माघ, काठमाडौं । उत्तर कोरियाले छोटो दूरीको थप दुई मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले बिहीबार दिएको जानकारीअनुसार उत्तर कोरियाले समुद्रमा उक्त दुई मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले अमेरिकाबाट आफूलाई उत्पन्न जोखिमबाट बच्नको लागि भन्दै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आइरहेको छ ।
जनवरीमा मात्र उत्तर कोरियाले गरेको यो छौटौं मिसाइल परीक्षण हो । दक्षिण कोरियाले ज्वइन्ट चिफ्स अफ स्टाफले यो मिसाइल परीक्षणको घोषणा गरेको हो । अल जाजिराका अनुसार यो मिसाइल उत्तर कोरियाको पूर्वी समुद्री सहर हामहुङबाट परीक्षण गरिएको हो ।
उक्त मिसाइल करिब ११९ किलोमिटर टाढा खसेको समाचारमा उल्लेख छ । दक्षिण कोरियाले आफूहरु उत्तर कोरियाको मिसाइल परीक्षणको विषयमा थप जानकारी हासिल गर्ने क्रममा रहेको उल्लेख गरेको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिडाले यस विषयमा विस्तृत जानकारी उपलब्ध नभए पनि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण ‘अत्यन्त खेदजनक’ रहेको बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply