अमेरिकाले युरोपमा थप दुई हजार सैनिक परिचालन गर्ने
२० माघ, काठमाडौं । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने आशंकाको बीच अमेरिकाले यसै साता युरोपमा अतिरिक्त सैनिक परिचालन गर्ने निणर्य गरेको छ ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अतिरिक्त सैनिक परिचालन गर्ने निणर्य भएको जानकारी दिएका हुन् । बीबीसीका अनुसार अहिले अमेरिकाले परिचालन गर्न लागेका सैनिकलाई पोल्याण्ड र जर्मनीमा खटाइनेछ । त्यस्तै जर्मनीमा यसअघि नै रहेका एक हजार सैनिक रोमानियामा खटाइने छ । रुसले निरन्तर युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ ।
रुसले युक्रेनको सीमामा करिब एक लाख सैनिक तैनाथ गरेको छ । रुसले युक्रेनमाथि पूर्वी क्षेत्रमा शान्ति कायम गर्ने विषयमा भएको अन्तर्राष्ट्रिय सम्झौता पालना नगरेको आरोप लगाएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुस समर्थित समूहको वर्चस्व छ । सन् २०१४ यता यो क्षेत्रमा कम्तीमा १४ हजारभन्दा धेरै मानिसहरु मारिइसकेका छन् ।
अमेरिकाले युरोप पठाउन लागिएका सैनिकहरु युद्धमा सामेल हुने छैनन् तर उनीहरुले युरोपका मुलुकको रक्षाको लागि सहयोग गर्नेछन् । यसअघि अमेरिकाले युद्धको अवस्थालाई ध्यानमा राख्दै ८५ सय सैनिकलाई अलर्टमा राख्ने घोषणा गरेको थियो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply