अमेरिकाले युरोपमा थप दुई हजार सैनिक परिचालन गर्ने
२० माघ, काठमाडौं । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने आशंकाको बीच अमेरिकाले यसै साता युरोपमा अतिरिक्त सैनिक परिचालन गर्ने निणर्य गरेको छ ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अतिरिक्त सैनिक परिचालन गर्ने निणर्य भएको जानकारी दिएका हुन् । बीबीसीका अनुसार अहिले अमेरिकाले परिचालन गर्न लागेका सैनिकलाई पोल्याण्ड र जर्मनीमा खटाइनेछ । त्यस्तै जर्मनीमा यसअघि नै रहेका एक हजार सैनिक रोमानियामा खटाइने छ । रुसले निरन्तर युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ ।
रुसले युक्रेनको सीमामा करिब एक लाख सैनिक तैनाथ गरेको छ । रुसले युक्रेनमाथि पूर्वी क्षेत्रमा शान्ति कायम गर्ने विषयमा भएको अन्तर्राष्ट्रिय सम्झौता पालना नगरेको आरोप लगाएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुस समर्थित समूहको वर्चस्व छ । सन् २०१४ यता यो क्षेत्रमा कम्तीमा १४ हजारभन्दा धेरै मानिसहरु मारिइसकेका छन् ।
अमेरिकाले युरोप पठाउन लागिएका सैनिकहरु युद्धमा सामेल हुने छैनन् तर उनीहरुले युरोपका मुलुकको रक्षाको लागि सहयोग गर्नेछन् । यसअघि अमेरिकाले युद्धको अवस्थालाई ध्यानमा राख्दै ८५ सय सैनिकलाई अलर्टमा राख्ने घोषणा गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply