इन्जिनियरिङतर्फका २२ जना शाखा अधिकृत उपसचिवमा बढुवा
२१ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्जिनियरिङतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहका ९ जना र हाइवे उपसमूहका १३ जनालाई बढुवा सिफारिस गरेको हो । जनरल उपसमूहबाट विनोद शाक्य, लक्ष्मीप्रसाद भण्डारी, नवराज पौडेल, प्रेमनारायण बस्याल,दीपककुमार मिश्र, सागरराम नेपाल, हुतराज चौहान, राकेशराज मिश्र र ओमकुमार साह उपसचिवमा बढुवा सिफारिस भएका छन् ।
हाइवे उपसमूहबाट विष्णुवाबु पाण्डे, त्रिलोकनाथ घिमिरे, उज्जवल श्रेष्ठ, नरेन्द्रप्रसाद भट्ट, जगत प्रजापति, अरुणकुमार लाल कणर्, रमेश चौधरी, आरती साह, गागलबहादुर भण्डारी, सजना अधिकारी, सविन जोशी, ध्रुवकुमार झा र राधिका प्रजापति श्रेष्ठ बढुवा सिफारिसमा परेका छन् । यसअघि लेखापरीक्षण, सामान्य प्रशासन, लेखा र राजस्वतर्फका शाखा अधिकृत उपसचिवमा बढुवा भइसकेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
Leave a Reply