नोबेलका विद्यार्थीलाई एक साताभित्र पढ्न सक्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन
२३ फागुन, काठमाडौं । नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।
समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीहरूको कोर्ष पूरा गरिदिनुपर्ने बताइन् । विद्यार्थीहरू पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पुर्याएको भन्दै तत्काल समस्या समाधानका लागि समितिले निर्देशन दिएको उनको भनाइ छ ।
सभापति घर्तीले भनिन्, विद्यार्थीहरूलाई अतिरिक्त क्लासको व्यवस्था गरेर छुटेको कोर्ष पूरा गराउनुपर्छ । तीन महिना पढाउनु पर्छ भन्ने शर्तबाट अघि बढ्नुभयो भने बच्चाबच्ची पढ्ने स्थिति होला । आफू पढ्नै नचाहेर, जानै नचाहेको भन्ने तर्क पनि हिजोदेखि मैले सुनिरहेको छु । बच्चाबच्ची त्यहाँ पढ्न नसक्ने वातावरण कसरी सिर्जना भयो, भन्ने कुरा, अतिरिक्त फी लियो । होस्टेल अनिवार्य बनाइदियो । यो कारणले गर्दा उनीहरुलाई टर्चर भयो । त्यसकारण उनीहरु यो हदसम्म आइपुगे ।
सभापति घर्तीले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनुपर्ने जोड दिइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply