नोबेलका विद्यार्थीलाई एक साताभित्र पढ्न सक्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन
२३ फागुन, काठमाडौं । नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।
समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीहरूको कोर्ष पूरा गरिदिनुपर्ने बताइन् । विद्यार्थीहरू पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पुर्याएको भन्दै तत्काल समस्या समाधानका लागि समितिले निर्देशन दिएको उनको भनाइ छ ।
सभापति घर्तीले भनिन्, विद्यार्थीहरूलाई अतिरिक्त क्लासको व्यवस्था गरेर छुटेको कोर्ष पूरा गराउनुपर्छ । तीन महिना पढाउनु पर्छ भन्ने शर्तबाट अघि बढ्नुभयो भने बच्चाबच्ची पढ्ने स्थिति होला । आफू पढ्नै नचाहेर, जानै नचाहेको भन्ने तर्क पनि हिजोदेखि मैले सुनिरहेको छु । बच्चाबच्ची त्यहाँ पढ्न नसक्ने वातावरण कसरी सिर्जना भयो, भन्ने कुरा, अतिरिक्त फी लियो । होस्टेल अनिवार्य बनाइदियो । यो कारणले गर्दा उनीहरुलाई टर्चर भयो । त्यसकारण उनीहरु यो हदसम्म आइपुगे ।
सभापति घर्तीले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनुपर्ने जोड दिइन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
Leave a Reply