ओलीले दिए एमालेले चुनाव जित्ने १८ आधार
९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । ओलीले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन मुख्य रुपमा स्थानीय तहको चुनाव केन्द्रित छ ।
ओलीले स्थानीय चुनावमा एमालेले जित्ने भन्दै देशका १८ आधार पेस गरेका छन्, जसमा एमालेले गरेको भनेर केही कामको चर्चा गरिएको छ । ओलीले १८ बुँदमा ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा प्रभावकारी भूमिका खेलेको, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिबृद्धिका लागि असाधारण योगदान गरेको’ दावी गरेका छन् ।
त्यस्तै केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा भूमिका खेलेको, स्थानीय तहलाई प्रभावकारी बनाउन योगदान गरेको, प्रत्येक पालिकामा आधारभूत अस्पताल, प्रशासनिक भवन, पालिका केन्द्र जोड्ने सडक लगायतका कार्यक्रम ल्याएकाले पनि एमालेले स्थानीय चुनाव जित्ने दावी ओलीले गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले


Leave a Reply