इमरान खानविरुद्ध अविश्वाश प्रस्तावमा मतदान हुँदै
२० चैत, काठमाडौं । पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलले ल्याएको अविश्वास प्रस्तावमा आइतबार अर्थात् आज मतदान हुँदै छ। विपक्षीहरूले प्रधानमन्त्री इमरान खानलाई आर्थिक अराजकताको आरोप लगाएका छन्।
प्रधानमन्त्री खानका लागि अगाडिको बाटो सजिलो नभएको विज्ञहरूले बताएका छन्।
एकातिर उनको विरोधमा प्रतिपक्ष उभिएको छ भने अर्कातिर आफ्नै पार्टीमा पनि धेरै नेता उनका विपक्षमा लागेका छन्।
स्थानीय समयानुसार अहिले बिहान साढे ११ बजे राष्ट्रिय सभाको बैठक सुरु हुनेछ र उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनेछ। सबै कुरा संविधानबमोजिम भयो र सभामुख तटस्थ रहे भने इमरानको सरकार ढल्ने निश्चित रहेको बताइएको छ।
पाकिस्तानमा अर्को आम निर्वाचन हुन अझै डेढ वर्ष बाँकी रहेका बेला इमरान खानले विपक्षीहरूले अमेरिकासँग मिलेर आफूलाई पदबाट हटाउन खोजेको दाबी गर्दै यसविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने बताएका छन्। तर उनको आरोपलाई विपक्षी र अमेरिकाले झुटो भनेका छन्।
इमरान खानले विश्वासको मत गुमाए भने लन्डनमा बसोबास गरिरहेका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ शाहबाज शरिफ आगामी प्रधानमन्त्री हुने विश्वास गरिएको छ।
शनिबार राति इमरानले पार्टीका सांसदहरूलाई आफ्नो घरमा बोलाए। जियो न्युजका अनुसार उनले बोलाएको बैठकमा १ सय ४० सांसद मात्रै पुगेका थिए। विपक्षी गठबन्धन (पाकिस्तान डेमोक्रेटिक फ्रन्ट वा पीडीएम) तर्फ भने सांसदको संख्या २ सय नाघेको छ। अर्थात् इमरान नेतृत्वको सरकार मतदानअघि नै अल्पमतमा परेको छ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
Leave a Reply