जनकपुरको फोहोर तत्काल उठाउन उच्च अदालतको आदेश
२४ चैत, काठमाडौं । उच्च अदालत जनकपुरले जनकपुरधाम उपमहानगरपालिकाको फोहोर तत्काल उठाउन आदेश दिएको छ ।
उपमहानगरपालिकामा लामो समयदेखि फोहोर नउठाइँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै परेको रिटमा उच्च अदालतले फोहोर मैला संकलन, व्यवस्थापन र सुरक्षित विसर्जन तत्काल गर्न आदेश दिएको हो ।
कामु मुख्य न्यायाधीश विनोद शर्माको इजलासले गरेको आदेशमा भनिएको छ, प्रस्तुत निवेदनपत्रको अन्तिम किनारा नलाग्दासम्म तत्काल विपक्षीहरुले जो जे सहकार्य, समन्वय गर्नुपर्ने हो गरी जनकपुरधाम उपमहानगरपालिकाको फोहोरमैला संकलन, व्यवस्थापन, सुरक्षित विसर्जनसमेतको कार्य तत्काल सुरु गर्नु गराउनु भनी विपक्षीहरुका नाउँमा …अन्तरिम आदेशसमेत जारी गरिदिएको छ ।
उपमहानगरको पिडारी चोक, रामनन्द चोक, जिरो माइल चोक, महावीर चोक बाह्रविघा भित्र, कदम चोक, दशरथ तलाउ चोक, हस्पिटल रोडसहित समग्र बजार क्षेत्रको सडक, पेटी र ढलमा फोहोर थुप्रिएको भन्दै कानुन व्यवसायी राकेशकुमार साहले उच्च अदालतमा रिट दिएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
Leave a Reply