बर्दियामा एमालेले छान्यो उमेद्वार, मनोनयन दर्ता भोलि
११ वैशाख, बर्दिया । नेकपा एमाले बर्दियाले ८ ओटै पालिकामा उमेद्वारको टुंगो लगाएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीले नगरपालिकाको मेयर उपमेयर र गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको टुंगो लगाएको हो । जिल्लाका ८ स्थानीय तह मध्ये ६ वटा नगरपालिका र २ वटा गाउँपालिका रहेका छन् ।
एमाले जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार गुलरिया नगरपालिकाको मेयरमा अमरबहादुर खड्का र उपमेयरमा टिका सम्सेली, मधुवन नगरपालिकाको मेयरमा धर्मराज थापा र उपमेयरमा सम्झना वि.क., राजापुर नगरपालिकाको मेयरमा पहारी थारु र उपमेयरमा मञ्जु शर्मा उम्मेद्वार बन्ने छन् ।
यस्तै बाँसगढी नगरपालिकाको मेयरमा खड्गबहादुर खड्का र उपमेयरमा इन्द्रा थारु तथा बारबर्दिया नगरपालिकाको मेयरमा जिल्ला सचिव पदम ढकाल र उपमेयरमा नारायणी थारु एमालेको उम्मेदवार चयन भएका छन् ।
त्यसैगरी बढैयाताल गाउँपालिकाको अध्यक्षमा एमाले जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा लक्ष्मि अधिकारी उमेद्वार छन् ।
पालिकाको प्रमुख र उपप्रमुख एवम् अध्यक्ष उपाध्यक्षका उमेद्वारको टुंगो लगाउन सकस भएपछि एमाले बर्दियाले उमेद्वारी मनोनयनको लागि भोलिको समय लिएको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply