बर्दियामा एमालेले छान्यो उमेद्वार, मनोनयन दर्ता भोलि
११ वैशाख, बर्दिया । नेकपा एमाले बर्दियाले ८ ओटै पालिकामा उमेद्वारको टुंगो लगाएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीले नगरपालिकाको मेयर उपमेयर र गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको टुंगो लगाएको हो । जिल्लाका ८ स्थानीय तह मध्ये ६ वटा नगरपालिका र २ वटा गाउँपालिका रहेका छन् ।
एमाले जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार गुलरिया नगरपालिकाको मेयरमा अमरबहादुर खड्का र उपमेयरमा टिका सम्सेली, मधुवन नगरपालिकाको मेयरमा धर्मराज थापा र उपमेयरमा सम्झना वि.क., राजापुर नगरपालिकाको मेयरमा पहारी थारु र उपमेयरमा मञ्जु शर्मा उम्मेद्वार बन्ने छन् ।
यस्तै बाँसगढी नगरपालिकाको मेयरमा खड्गबहादुर खड्का र उपमेयरमा इन्द्रा थारु तथा बारबर्दिया नगरपालिकाको मेयरमा जिल्ला सचिव पदम ढकाल र उपमेयरमा नारायणी थारु एमालेको उम्मेदवार चयन भएका छन् ।
त्यसैगरी बढैयाताल गाउँपालिकाको अध्यक्षमा एमाले जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा लक्ष्मि अधिकारी उमेद्वार छन् ।
पालिकाको प्रमुख र उपप्रमुख एवम् अध्यक्ष उपाध्यक्षका उमेद्वारको टुंगो लगाउन सकस भएपछि एमाले बर्दियाले उमेद्वारी मनोनयनको लागि भोलिको समय लिएको थियो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
Leave a Reply