२५ बैशाख २०७९, आईतवार ०२:३९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रसुवामा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक
२५ वैशाख, रसुवा । रसुवामा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार यही वैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न पाइने छैन । मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएको हो ।
उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना मार्फत जानकारी गराएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply