काठमाडौंका मेयर बालेन्द्र र उपमेयर सुनिता पुगे सिसडोल
२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नुवाकोटको सिसडोल पुगेका छन्। मेयर शाह उपमेयर डंगोलसहितको टोलीलाई लिएर शुक्रबार बिहानै सिसडोल पुगेका हुन्।
यसअघि निर्वाचित हुनेबित्तिकै मेयर बालेन्द्र अनुगमनका लागि सिसडोल र बञ्चरेडाँडा पुगेका थिए। शाहले काठमाडौंको फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने र खादा–माला नलगाउने घोषणा गरेका छन्
सपथ समारोहमा पनि शाहले खादा र माला लगाएनन्। शाहले सिसडोल पुगेर त्यहाँका स्थानीयसँग छलफल गरेका थिए। स्थानीयले आफ्नो समस्याका बारेमा मेयर शाहलाई अवगत गराएका थिए।
उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा समय समयमा अवरोध हुँदै आएको छ। स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेलामा अवरोध गर्दै आएका छन्।
शाहले हिजोमात्रै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर फोहोर ब्यवस्थापनबारे चासो राखेका थिए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply