धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८३ करोडको बजेट
१० असार, धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ ।
शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी वर्षका लागि एक अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० हजार र पुँजीगत खर्चतर्फ ८० करोड ६९ लाख ५४ हजार बजेट विनियोजन गरिएको रानाले बताइन् ।
उपमहानगरपालिकाले आन्तरिक आय २६ करोड ७९ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने ४७ करोड २९ लाख, संघीय सरकारबाट अन्तर सरकार वित्तिय हस्तान्तरण हुने ९६ करोड ४८ लाख, प्रदेश सरकारबाट अन्तर सरकार वित्तीय हस्तान्तरण ३५ करोड ३४ लाख र चालु वर्षबाट १० करोड बचत हुने स्रोतबाट खर्च व्यहोर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
क्षेत्रगत रुपमा सामाजिक विकासतर्फ सबभन्दा बढि कुल बजेटको ४० दशमलव ६४ प्रतिशत ७४ करोड ७८ लाख ३३ हजार, पूर्वाधार विकासतर्फ ४५ करोड १० लाख २४ दशमलव ५३ प्रतिशत तथा आर्थिक विकासतर्फ ७४ करोड ७८ लाख बजेट विनियोजन गरेका छु, बजेट प्रस्तुत गर्दै उपप्रमुख रानाले भनिन् ।
यो बजेटले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने र हाम्रो धनगढी हामी बनाउँछौँ अभियानमा सबैको साथ, सहयोग पाउनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।
विकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने, करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्च भार घटाउने र खरिद प्रक्रियालाई पारदर्शी बनाउँदै समयमै खरिद कार्य सम्पन्न गर्ने तथा आन्तरिक स्रोतले चालु खर्च धान्नेगरी आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने व्यवस्था मिलाउने रानाले बताइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply