जित सुनिश्चित गर्न माओवादीको चुनाव चिह्न रोजेँ : बामदेव
३१ साउन, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले प्रतिनिधिसभामा जित सुनिश्चित गर्न माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।
मंगलबार निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले जित निश्चित गर्न आफूले नै माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने इच्छा जाहेर गरेको बताए ।
गोलाकार भित्रको हसिया हथौडा भएको चुनाव चिह्नबाट म चुनाव लड्छु भनेर मैले इच्छा जाहेर गरेको हो । त्यसो गर्न म किन बाध्य भएँ भने त्यसो गरेपछि गठबन्धनले नलिइकन पनि म गठबन्धनमा सामेल हुन्छु, र मेरो जित सुनिश्चित हुन्छ’ उनले भने ।
नेता गौतमले आफूले सत्तारुढ दलको गठबन्धनमा सामेल नभएको तर मओवादी केन्द्रसँग गठबन्धन गरेको टिप्पणी गरे । म गठबन्धनमा छैन, गठबन्धनमा छु भन्दा गठबन्धनको बैठकमा प्रतिनिधित्व गर्न जान प¥यो, म त्यसमा जाँदिन । माओवादीसँगको मात्र मेरो गठबन्धन हो उनले भने ।
सिट भागवण्डा सत्तारुढ गठबन्धनमै मिलाउने कि माओवादी केन्द्रसँग लिने भन्ने प्रश्नमा गौतमले भने, प्रचण्डलाई जिम्मा दिएको छु, उहाँले दावी गरेर ल्याउनुहुन्छ कि आफैं दिनुहुन्छ, म प्रचण्डको हिस्साबाट मैले पाउने हो ।
माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेपछि ऐन र कानुनले जे व्यवस्था गरेको छ माओवादी केन्द्रसँग पनि त्यस्तै सम्बन्ध रहने गौतमले बताए ।
कानुनसम्मत भूमिका के के हुन्छ, हामी छलफल गरेर साझा समझदारी गरौं भन्दा उहाँले (प्रचण्डले) सहर्ष स्वीकार्नुभएको छ’ गौतमले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply