जित सुनिश्चित गर्न माओवादीको चुनाव चिह्न रोजेँ : बामदेव
३१ साउन, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले प्रतिनिधिसभामा जित सुनिश्चित गर्न माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।
मंगलबार निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले जित निश्चित गर्न आफूले नै माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने इच्छा जाहेर गरेको बताए ।
गोलाकार भित्रको हसिया हथौडा भएको चुनाव चिह्नबाट म चुनाव लड्छु भनेर मैले इच्छा जाहेर गरेको हो । त्यसो गर्न म किन बाध्य भएँ भने त्यसो गरेपछि गठबन्धनले नलिइकन पनि म गठबन्धनमा सामेल हुन्छु, र मेरो जित सुनिश्चित हुन्छ’ उनले भने ।
नेता गौतमले आफूले सत्तारुढ दलको गठबन्धनमा सामेल नभएको तर मओवादी केन्द्रसँग गठबन्धन गरेको टिप्पणी गरे । म गठबन्धनमा छैन, गठबन्धनमा छु भन्दा गठबन्धनको बैठकमा प्रतिनिधित्व गर्न जान प¥यो, म त्यसमा जाँदिन । माओवादीसँगको मात्र मेरो गठबन्धन हो उनले भने ।
सिट भागवण्डा सत्तारुढ गठबन्धनमै मिलाउने कि माओवादी केन्द्रसँग लिने भन्ने प्रश्नमा गौतमले भने, प्रचण्डलाई जिम्मा दिएको छु, उहाँले दावी गरेर ल्याउनुहुन्छ कि आफैं दिनुहुन्छ, म प्रचण्डको हिस्साबाट मैले पाउने हो ।
माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेपछि ऐन र कानुनले जे व्यवस्था गरेको छ माओवादी केन्द्रसँग पनि त्यस्तै सम्बन्ध रहने गौतमले बताए ।
कानुनसम्मत भूमिका के के हुन्छ, हामी छलफल गरेर साझा समझदारी गरौं भन्दा उहाँले (प्रचण्डले) सहर्ष स्वीकार्नुभएको छ’ गौतमले भने ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
Leave a Reply