माओवादीको स्थायी समिति बैठक बस्दै
१ भदौ, काठमाडौं । आसन्न निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका सर्त र चुनावी रणनीतिबारे छलफल हुने छ ।
बाबुराम र वामदेवको निर्वाचन क्षेत्र, उनीहरुलाई दिने सिटको संख्या लगायतबारे आजको बैठकमा छलफल हुन्छ, माओवादी केन्द्रको स्थायी समितिका एक जना सदस्यले भने ।
वामदेव गौतम प्युठानबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । उनले प्रदेशमा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । बाबुराम भट्टराई गोरखाबाट चुनाव लड्ने तयारीमा छन् ।
मंगलवारको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई माओवादीको चिह्न गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्न स्वीकृती दिने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply