मसल भएको अभिमन्यु हो एमाले : ओली
३० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दललाई मसल भएको अभिमन्यु र सत्तारुढ दलहरुलाई कागजको बाघको संज्ञा दिएका छन् ।
माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियार लगायतलाई बिहीबार पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले एमालेलाई सहजै पराजित गर्न नसकेपछि गठबन्धन गरेर, अदालत गएर परमादेश जारी गराएको बताए ।
महाभारतमा चक्रव्यूह तोडेर भित्र पस्न जानेको, तर बाहिर निस्कन नजानेका कलिला अभिमन्युलाई कौरवका महारथीहरुले घेरेर हत्या गरेको प्रसंग सुनाउँदै ओलीले भने, आजको अभिमन्यु नेकपा एमाले, त्यसबेलाको जस्तो कलिलो अभिमन्यु होइन । यो त ठूला ठूला मसल भएको अभिमन्यु हो । यो चक्रव्यूह तोड्ने, भित्र पस्न र त्यहाँ फोडेर बाहिर निस्कन पनि जान्दछ ।
गठबन्धनमा आवद्ध दलहरुलाई भने कागजको बाघ मात्र भएको उनको दाबी छ । कोही पनि एमालेसँगै एक्लै लड्न तयार नभएको भन्दै ओलीले भने, ‘अहिले जसले आफूलाई महारथी भन्ने ठानेका छन्, तिनीहरु कागजका बाघ मात्र हुन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
Leave a Reply