किरिया बसेका चार दाजुभाइले गरे मतदान
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ मा किरियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चूर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ, पूर्णप्रसाद श्रेष्ठ र उनीहरुका श्रीमतीसहितले मतदान गरेका हुन् ।
कालिकादेवि मावि मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई भोट दिएका छन् । उनीहरु तीन दिनदेखि आमाको मृत्युको शोकमा किरिया बसिरहेका छन् । मतदानको अनुभव सुनाउँदै कमल श्रेष्ठले भने, ‘दुःखको घडीमा पनि स्पष्ट भिजन मिसन भएको नेतृत्व जिताउन मतदान गर्न आएको हो ।’ यस्तै चूर्णप्रसाद श्रेष्ठले आमा वितेको बेला पनि राज्य चलाउन आफ्नो मतको महत्व बुझेर आफू मतदानमा सहभागी भएको बताए ।
जीवनको सबैभन्दा दुःखद क्षणमा पनि मतदान गर्नका लागि मतदानस्थल पुगेका उनीहरुले आफ्नो मतले आगामी पाचँ वर्षका लागि देशको भविष्य निर्धारण गर्ने बताएका छन् । मतदान भनेको यो युगको जिम्मेवारी भएकोले मतदान गरेर उत्साहित भएको उनीहरुको भनाई थियो ।
आफ्नो परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाइएको थियो । सिन्धुपाल्चोकको एक सय ४५ मतदानस्थलहरुमा ३ सय २० मतदान केन्द्रमै उत्साहजनक रूपमा बिहान ७ बजेदेखिनै मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । जिल्लामा शान्त र सामान्य रुपमा मतदान भईरहेको छ । सुरक्षा व्यवस्थापन कडा गरिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply