मधेसमा आज संसदीय दलको नेता चयन गर्दै जसपा
२२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ । हिजो (बिहीबार) बसेको दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ ।
बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताए ।
पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको उनले जानकारी दिए ।
मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन् । संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको छ । साहले सकेसम्म सर्वसम्मत नेता चयनका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने जानकारी दिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
Leave a Reply