पन्जाबमा तीन नेपालीको मृत्यु, दुई जना घाइते
नयाँदिल्ली । भारतको पन्जाबमा दुर्घटनामा परी तीन नेपाली युवाको मृत्यु भएको छ भने अन्य दुई नेपाली युवा घाइते भएका छन् । घटना दुई दिन पहिलेको हो । तीव्र गतिमा रहेका कारको ठक्करबाट सडकमा पैदल हिँड्दै गरेका ती नेपालीको पन्जाबको भुल्लार गाउँमा मृत्यु भएको हो ।
भारतीय दैनिक ट्रिब्युनका अनुसार मृत्यु हुनेमा रोहित आचार्य, दिलन थापा र सन्तोष थापा छन् । भुल्लारस्थित एक विवाह पार्टी प्यालेसमा कामदार रहेका उनीहरु सबै २५ वर्षमुनिका छन् । त्यस्तै घाइते हुनेमा रोहित थापा र समीर चौहान छन् ।
ट्रिब्युनले सो घटनाबारे समाचारमा जनाएअनुसार कार चालकले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको थियो । कारले नेपालीहरुलाई किचेपछि सडक छेउको पर्खालमा ठोकिँदै रुखमा गएर बजारिएर रोकिएको थियो । कारमा रहेका व्यक्ति पनि घाइते भएका छन् । पञ्जाव प्रहरीले उक्त घटनाबारे छानबिन सुरु गरिसकेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply