पन्जाबमा तीन नेपालीको मृत्यु, दुई जना घाइते
नयाँदिल्ली । भारतको पन्जाबमा दुर्घटनामा परी तीन नेपाली युवाको मृत्यु भएको छ भने अन्य दुई नेपाली युवा घाइते भएका छन् । घटना दुई दिन पहिलेको हो । तीव्र गतिमा रहेका कारको ठक्करबाट सडकमा पैदल हिँड्दै गरेका ती नेपालीको पन्जाबको भुल्लार गाउँमा मृत्यु भएको हो ।
भारतीय दैनिक ट्रिब्युनका अनुसार मृत्यु हुनेमा रोहित आचार्य, दिलन थापा र सन्तोष थापा छन् । भुल्लारस्थित एक विवाह पार्टी प्यालेसमा कामदार रहेका उनीहरु सबै २५ वर्षमुनिका छन् । त्यस्तै घाइते हुनेमा रोहित थापा र समीर चौहान छन् ।
ट्रिब्युनले सो घटनाबारे समाचारमा जनाएअनुसार कार चालकले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको थियो । कारले नेपालीहरुलाई किचेपछि सडक छेउको पर्खालमा ठोकिँदै रुखमा गएर बजारिएर रोकिएको थियो । कारमा रहेका व्यक्ति पनि घाइते भएका छन् । पञ्जाव प्रहरीले उक्त घटनाबारे छानबिन सुरु गरिसकेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply