३ माघ २०७९, मंगलवार ०२:१५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
३ माघ, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ ।
गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ७२ जना सांसदको समर्थन छ । ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । पछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएका थिए ।
मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२ र एकीकृत समाजवादीका ७ सांसद मुख्यमन्त्रीको विपक्षमा देखिएका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply