कांग्रेस राजनीतिक कोर्ष अघि बढाउन असफल भएपछि एमालेले भूमिका खेल्यो : भट्टराई
५ माघ, काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले राजनीतिक कोर्ष अघि बढाउन नसक्दा एमालेले अग्ररता लिएको बताएका छन् ।
उनले पुस १० गते अपरान्हसम्म राष्ट्रपति र सभामुख एमालेले नमागे पनि कांग्रेसले पहल नगर्दा एमालेको अग्रसरतामा नयाँ राजनीतिक कोर्षको शुरु भएको बताए । आज (बिहीबार) प्रतिनिधिसभाको सभामुखका उम्मेदवार देवराज घिमिरेको प्रस्तावको पक्षमा बोल्दै उनले पुस १० मा बदलिएको राजनीतिक कोर्ष ५ वर्षसम्म जाने बताए ।
हामीले यो एउटा राजनीतिक कोर्ष हो, जाओस् ठिकै छ भन्यौं । त्यसबेलासम्म हामीले हाम्रो दल प्रतिपक्षमा बस्छ र भूमिका खेल्छ भनेका थियौँ’, भट्टराईले भने, ‘तर जसले त्यो राजनीतिक कोर्ष अगाडि बढाउनुपथ्र्यो, उहाँहरु असफल हुनुभयो । उनले एमाले यो संविधानलाई धरापमा पर्न नदिन अग्रसर भएको पनि बताए । ‘हाम्रो पार्टी अध्यक्षले अग्रसरता लिएर नयाँ राजनीतिक कोर्ष निर्माण भएको छ । यो राजनीतक कोर्ष एउटा कक्षामा एउटा कोर्ष पढाई हुन्छ । त्यो शैक्षिकसत्र नसकिदै अर्को कोर्ष बदलिदैन’ सांसद भट्टराईको भनाइ छ ।
‘मत एकातिर, आँखा अर्कैतिर हो कि जस्तो लाग्दैछ’
एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले संसदमा दिइएका अभिव्यक्तिले विश्वासको मत एकातिर आँखा अर्कैतिर भएको संकेत गरेको बताएका छन् ।
बैठकमा नेपाली कांग्रेसतर्फ लक्षित गर्दै भट्टराईले संसदमा दिइएका अभिव्यक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको विश्वासको मत एकातिर नजर अर्कैतिर भएको हुन सक्ने बताए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिँँदै गर्दा संसदमा गरिएको राजनीतिक टिप्पणीले विश्वासको मत एकातिर आँखा अर्कैतिर त होइन भन्ने प्रश्न उठाएको छ, भट्टराईले भने, खैर, त्यस्तो हो भने पनि केही छैन । १० गते १२ बजेसम्म हामीले प्रधानमन्त्री, राष्ट्रपति केही पनि खोजेका थिएनौँ । त्यो नजाउने ठाउँमा अरू नै हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply