मलेसियाका गृहमन्त्री आज काठमाडौं आउँदै
१९ माघ, काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन् । इस्माइल आज साँझ ७ बजे काठमाडौँ त्रिभुवन विमानस्थलमा आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इस्माइलको नेपाल भ्रमणका क्रममा थप कामदार पठाउने र त्यहाँ रहेका कामदारको सुरक्षा सुनिश्चित गर्ने विषयबारे छलफल हुने जनाइएको छ । मलेसियाले विभिन्न क्षेत्रका लागि करिब पाँच लाख नयाँ कामदार भित्र्याउने घोषणा गरेको सन्दर्भमा गृहमन्त्री इस्माइलले नेपाल र बंगलादेशसहित आफ्ना प्रमुख आप्रवासी कामदारका मुलुकको भ्रमण गर्न लागेका हुन् ।
नेपालको प्रमुख श्रम गन्तव्यका रूपमा चिनिने मलेसियाका गृहमन्त्री इस्माइलले ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ बारे छलफल गर्ने जनाइएको छ । उनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै अर्थ, श्रम र परराष्ट्र मन्त्रालयका अधिकारीसँग मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ बारे छलफल गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाली श्रमिकको सुरक्षा, कामदारको सङ्ख्या र पारिश्रमिक वृद्धिसहित सबै विषयमा छलफल हुने छ । मलेसियामा हाल करिब सात लाख नेपाली कामदारहरू रहेको सरकारी आंकडा छ ।
उनी भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply