चितवन–२ को उपनिर्वाचनका लागि १८ दल दर्ता
१७ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आगामी वैशाख २ गते हुने उपनिर्वाचनका लागि आयोगले यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय तोकेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक हप्ताको समयसीमा १८ दल दर्ता भएको जानकारी दिए ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दल दर्ता गरेका छन् ।
यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी) मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले पनि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रास्वपाका सभापति रवि लामिछाने प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर गत माघ १३ गते रविको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएको हो । १५ माघमा उनले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
६ महिनाभन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार आगामी वैशाख २ गते चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगको तालिका अनुसार आगामी चैत २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply