२३ फाल्गुन २०७९, मंगलवार १२:१०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अञ्जन विष्ट बने वर्षको उत्कृष्ट खेलाडी
२३ फागुन, काठमाडौं । फुटबल खेलाडी अञ्जन विष्ट वर्षको उत्कृष्ट खेलाडी बनेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो ।
यो विधामा फुटबलका विष्टसहित किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए ।
उनीहरुलाई पछि पार्दै अवार्ड हात पारेका अञ्जनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए ।
यस्तै उनले १३ औं साफ च्याम्पियनसीपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि गोल गरेका थिए ।
गत वर्ष नै भएको नेपाल सुपर लिग एनएसएलमा उनी सर्वश्रेष्ठ फरवार्ड चुनिएका थिए ।
उनले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply