बलिउड अभिनेता सतीश कौशिकको निधन
मुम्वइ । बलिउड चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सतीशको ६७ वर्षको उमेरमा भएको हो ।
अभिनेता अनुपम खेरले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन् । अनुपमले लेखेका छन्, ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।
तर, उनको मृत्युको कारण भने खुलाइएको छैन् । सतीशको जन्म १३ अप्रिल १९६५ मा हरियाणामा भएको थियो । दिल्लीमा माध्यामिक शिक्षा पुरा गरेका सतीशले किरोरी माल कलेजबाट स्नातक गरेपछि नेशनल स्कूल अफ ड्रामा (एनएसडी) मा भर्ना भएका थिए ।
सन् १९८५ मा उनले शशि कौशिकसँग विवाह गरे । सतीशले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए । यसअघि उनले थिएटरमा काम गरेका थिए । उनी एक अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए ।
सतीशलाई सन् १९८७ मा फिल्म मिस्टर इन्डियाबाट पहिचान मिलेको थियो । त्यसपछि उनले सन् १९९७ मा दिवाना–मस्तानामा पप्पु पेजरको भूमिका निभाएका थिए । सतीशले १९९० मा राम लखन र १९९७ मा साजन चले ससुरालका लागि सर्वश्रेष्ठ हास्य कलाकारको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply