विकासमा प्रतिस्पर्धा गर्न कांग्रेस–एमालेलाई चुनौती
जुम्ला । नेकपा एमाले का केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विकास निर्माणका काममा प्रतिस्पर्धा गर्न कांग्रेस र माओवादीलाई चुनौती दिनुभएको छ । मिसन ग्रासरुट अन्तर्गत जुम्लाको तातोपानी–४, हाकुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, हिम्मत छ भने हामीसँग विकास निर्माणका एजेन्डामा प्रतिस्पर्धा गर्नूस् । हामीले अघि सारेका विकास र समृद्धिलाई पछि पार्ने गरी कुनै कार्यक्रम ल्याउनूस्, त्यसपछि हामी पनि मानौँला ।
आफ्नो पार्टी सरकारमा हुँदा गाउँगाउँमा पठाउन थालेको बजेटकै निरन्तर गाउँमा रकम आउन थालेको र अहिले गाउँगाउँमा सिंहदबारको अवधारणा अघि बढेको चर्चा गर्दै केन्द्रीय सदस्य रिजालले भन्नुभयो, गाउँलाई प्राथमिकता दिने, पिछडिएको क्षेत्रलाई मूल प्रवाहमा समावेश गर्ने वातावरण बनाउने, सबै क्षेत्रको समुचित विकासका लागि कदम चाल्ने र जनतालाई मजबुत बनाउने पार्टी एमाले मात्र हो ।
नेपाल र नेपालीलाई बलियो बनाउन लागेकोमा चिन्तित भएका शक्तिहरुले एमालेलाई कमजोर बनाउन घेराबन्दी गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हामीलाई यसमा धेरै चिन्ता छैन । किनभने, एमालेलाई जनताको समर्थन छ, हामीसँग विशाल कार्यकर्ता पंक्ति छ । यसैको बलमा हामी आगामी निर्वाचनबाट शानदार बहुमतका साथ सत्तामा पुग्नेछौँ । हामीलाई कुनै विदेशीले दिएको कलो खानु छैन, बरु भोकै बस्छौँ ।
तातोपानी गाउँपालिका–६ का हाकु, गौतमबाडा, गिडीखोला, नियापानी, पायाँबाडा र पत्थेनीका अगुवा कार्यकर्ता सहभागी रहेको उक्त कार्यक्रममा जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्यद्वय शान्ता शाही र मेनका पछाई, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही, सचिव धनकृष्ण पाण्डे, प्रदेश प्रतिनिधि नारायणी चौलागाईं, सदस्यहरू पदम खत्री, चन्द्रलाल न्यौपाने, गुम्ब डॉगी, प्रदेश सल्लाहकार कमिटी सदस्य मोतिराम नेपाली, वडाध्यक्ष अमर रोकाय, पालिका कमिटी अध्यक्ष पूर्ण पाण्डेलगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा कमिटीका अध्यक्ष धर्मराज खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो अवसरमा माओवादी परित्याग गरी लछु सार्की र मन्सुरे सार्की एमालेमा प्रवेश गर्नुभएको थियो ।
सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई अभियानकै रुपमा अघि बढाउन टोलटोलमा जिम्मेवारी बाँडफाँट गरिएको छ । आठवटा वडा रहेको तातोपानीमा केन्द्रीय प्रतिनिधि रिजालको उपस्थितिमा चारवटा वडामा कार्यक्रम सम्पन्न भएको छ भने चारवटा वडा बाँकी छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply