गठबन्धन सरकार विस्तार लगत्तै भत्किन्छ : महासचिव पोखरेल
८ चैत,बाँके । नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धन सरकार विस्तार लगतै भत्किने दावी गरेका छन् ।
मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधानले २० मन्त्रालय र मन्त्री २५ भन्दा धेरै बनाउन निषेध गरेको बताउँदै गठबन्धनका लले २६ भन्दा बढी मन्त्रालय दावी गरेकाले सरकार गठन अघि नै विवाद हुने र सरकार विस्तार लगत्तै गठबन्धन टुट्ने जिकिर गरे । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले भने, एमालेले नचाहँदा नचाहँदै १० दलीय गठबन्धन सरकार विस्तार लगत्तै ढल्ने निश्चित छ, उनले भने ।
पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले देशमा आर्थिक संकट निम्त्याएकाले स्थायित्व, आर्थिक बृद्धि तथा समृद्धिका लागि एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएको उल्लेख गरे ।
हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना गरेर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायौँ, तर उहाँ (पुष्पकमल) चरम दक्षिणपन्थी र नाङ्गो दलालीको रुपमा उभिनु भयो, महासचिव पोखरेलले भने, पुष्पकमल दाहालका कारण मुलुक फेरि अस्थिरतातर्फ धकेलिने भयो । उनले दाहालकै कारण देशमा आर्थिक संकट निम्तिएको बताउँदै राजनीतिक अस्थिरता र उदण्डता बढेको आरोप लगाए ।
उनले शेरबहादुर देउवा प्रधानमन्त्री र माओवादीका नेता जनार्दन शर्मा अर्थमन्त्री भएका बेला देशमा आर्थिक संकट आएको ठोकुवा गरे । ‘व्यापारीले बैंकको ब्याज दोब्बर भयो भनिरहेका छन्, तर सरकार चुरो कुरोमा पुग्न सकेको छैन’ उनले थपे, जनार्दन शर्माले अवैध रुपैयाँलाई बैध बनाउन खोज्दा नेपाली रुपैयाँ हराएर जाने अवस्था सिर्जना भयो । अर्थतन्त्र धरासायी बन्न पुग्यो । फलस्वरुप तरलता सिर्जना भई बैंकहरुले ब्याज बढाए । यसको असर उद्योगी, व्यापारी र व्यवसायीलाई पर्न गयो ।
उनले ठूला राजनीतिक दलप्रति जनताको वितृष्णा जागेको भनाईमा सत्यता नभएको बताए । युवाको भावना बुझ्न नसक्दा अहिलेको निर्वाचनको परिणाम फरक आएको उनको भनाई थियो । उनले नयाँ दललाई पानीको फोकाको संज्ञा दिए । ‘कुनै बेला विवेकशिल साझा पार्टी काठमाडौँमा उदायो । अर्को चुनावमा पानीको फोका जस्तै आफै विलाएर गयो । अहिले स्वतन्त्र पार्टीको हावा चलेको छ । त्यो पनि पानीको फोकाजस्तै आफै विलाएर जानेमा दुईमत छैन,’ पोखरेलले भने । राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन २७–२९ चैतमा नेपालगञ्जमा हुने भएको छ । महाधिवेशनमा देशभरका २५ सय युवा नेपालगञ्जमा भेला हुने भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply