कोशी नामकरणविरुद्धको आन्दोलनमा घाइते पदमको उपचारको क्रममा मृत्यु
१० चैत, विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ्ग’ को उपचारको क्रममा मृत्यु भएको छ ।
विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्न जानेक्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए । टाउकोमा चोट लागेका लाजेहाङलाई बुधबार राति बान्ता गरेपछि बेहोस अवस्थामा उपचारार्थ बीपी पुर्याइएको थियो ।
गम्भीर घाइते धरान-१५ का पदमको शुक्रबार बिहान २.३० बजे उपचारको क्रममा मृत्यु भएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।
घटनाको जिम्मा प्रदेश १ का ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री प्रचण्ड एवं नेपाल प्रहरीले लिनुपर्ने भन्दै समितिले विज्ञप्तिमार्फत लिम्बूको पदमको हत्या भएको र अनुसन्धान गर्न छानबिन आयोग गठनको माग गरेको छ । उनलाई शहीद घोषणा गर्नुपर्ने पनि माग राखिएको छ ।
बीपी प्रतिष्ठानको आईसीयूमा उपचाररत् पदमलाई थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको बेला मृत्यु भएको समितिले जनाएको छ ।
धरान-१५ मा बसोबास गर्दै आएका लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए । उनी २०५२ देखि लिम्बुवान आन्दोलनमा थिए ।
लाजेहाङको शव अहिले बीपी प्रतिष्ठानको शवगृहमा राखिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply