एमाले सिंहको बच्चा हो, कोहीसँग डराउँदैन : अध्यक्ष ओली
१३ चैत,अर्घाखाँची । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी सिंहको बच्चा भएको बताउँदै कोहीसँग नडराउने बताएका छन् । अर्घाखाँचीमा आयोजित मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले अमरसिंह थापाको भनाइ पनि स्मरण गरे ।
नेकपा एमाले सिनो खाने स्यालको बच्चा होइन । बाघको डमरु हो । सिंहको बच्चा हो । शेरको बच्चा हो, उनले भने ।
उनले एमाले एक्लैसँग ९ लाख बढी सदस्यता रहेको र विभिन्न जनवर्गीय संगठन समेत रहेको बताएका छन् । तर ती सबैमा खिया लागेको उनले बताए । ‘पार्टीमा कमरेडहरू खिया लागेको पाइयो । पार्टी भुत्ते भएको पाइयो । धार नभएको । खिया हटाएपछि मात्रै यो काम लाग्ने हुन्छ, उनले भने । उनले घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते लागेको पार्टीको खियाहरू हटाउनु पर्ने उनको भनाइ छ ।
पुँजीवादीको पुच्छर, फाटोवादी प्रवृत्ति, पार्टीको नाम एकीकृत समाजवादी !
अध्यक्ष ओलीले माधवकुमार नेपाल पुँजीवादीको पुच्छर बनेको आरोप लगाएका छन् । उनले नेता नेपालप्रति व्यंग्य गर्दै पुँजीवादीहरूको पुच्छर र फाटोवादी प्रवृत्ति ढाक्न एकीकृत थपेर समाजवादी भन्दै हिँडेको कटाक्ष गरेका छन् ।
देशले नाकाबन्दीको सामना गरिरहेका वेला माधव नेपालले संसदमा देश डुब्नै लाग्यो बचाउन कोही त आऊ भनेर पार्टी फुटाउन सुरु गरेको आरोप लगाए । उनले कांग्रेसको बदमासी र बेइमानी बुझेर पनि बहुमत नहुँदा सरकारबाट बाहिर रहनु परेको भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply