एमाले सिंहको बच्चा हो, कोहीसँग डराउँदैन : अध्यक्ष ओली
१३ चैत,अर्घाखाँची । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी सिंहको बच्चा भएको बताउँदै कोहीसँग नडराउने बताएका छन् । अर्घाखाँचीमा आयोजित मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले अमरसिंह थापाको भनाइ पनि स्मरण गरे ।
नेकपा एमाले सिनो खाने स्यालको बच्चा होइन । बाघको डमरु हो । सिंहको बच्चा हो । शेरको बच्चा हो, उनले भने ।
उनले एमाले एक्लैसँग ९ लाख बढी सदस्यता रहेको र विभिन्न जनवर्गीय संगठन समेत रहेको बताएका छन् । तर ती सबैमा खिया लागेको उनले बताए । ‘पार्टीमा कमरेडहरू खिया लागेको पाइयो । पार्टी भुत्ते भएको पाइयो । धार नभएको । खिया हटाएपछि मात्रै यो काम लाग्ने हुन्छ, उनले भने । उनले घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते लागेको पार्टीको खियाहरू हटाउनु पर्ने उनको भनाइ छ ।
पुँजीवादीको पुच्छर, फाटोवादी प्रवृत्ति, पार्टीको नाम एकीकृत समाजवादी !
अध्यक्ष ओलीले माधवकुमार नेपाल पुँजीवादीको पुच्छर बनेको आरोप लगाएका छन् । उनले नेता नेपालप्रति व्यंग्य गर्दै पुँजीवादीहरूको पुच्छर र फाटोवादी प्रवृत्ति ढाक्न एकीकृत थपेर समाजवादी भन्दै हिँडेको कटाक्ष गरेका छन् ।
देशले नाकाबन्दीको सामना गरिरहेका वेला माधव नेपालले संसदमा देश डुब्नै लाग्यो बचाउन कोही त आऊ भनेर पार्टी फुटाउन सुरु गरेको आरोप लगाए । उनले कांग्रेसको बदमासी र बेइमानी बुझेर पनि बहुमत नहुँदा सरकारबाट बाहिर रहनु परेको भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply