एमालेले कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने
१७ चैत, सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ ।
विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि शुक्रबार धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले मुख्यमन्त्रीलाई विश्वासको दिने बताए ।
सत्तापक्षको सिटमा बसेर विपक्षमा भोट हाल्न नमिल्ने भन्दै नेता कँडेलले भने, ‘सत्ता पक्षको कुर्सीमा बसेर विपक्षमा भोट हाल्न मिल्दैन । सरकारमा रहने या नरहने सरकारको नेतृत्व गरिरहेको पार्टीको भूमिकामा भर पर्छ ।’
सरकार अप्ठेरामा परे विश्वासको मत दिने बताएका कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई लक्षित गर्दै कँडेलले भने, भरिएर पोखिए पनि पोखिन्छ भनेर दिने भए दिए हुन्छ । तर हाम्रो समर्थन कायम नै छ । सरकार संकटमा छैन ।’
प्रदेश सभामा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेकाले एमाले माओवादी केन्द्रसँग मेलेर २७ पुसको सहमति अनुसार पाँचै वर्षका लागि जान तयार रहेको समेत स्पष्ट पारे ।
‘हाम्रो लक्ष विकास र समृद्धि हो । कुर्सी हैन। स्थिर सरकारका र विकासका लागि एमाले पुर्वसहमति अनुसार सत्तासाझेदार गर्न तयार छ’ कँडेलले भने ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply