मालदार मन्त्रालय पाउन १०औं करोडको डिल हुन्छ – स्वर्णिम वाग्ले
१८ चैत, अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन्।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।
पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको पनि उनले बताए। उनले पैसाका कारण लोकतन्त्त पनि विकृत हुँदै गएको बताए।
अन्य परम्परागत पार्टी, पुराना पार्टीहरुमा टिकटको किनबेच, यहाँ कुनैपनि हस्तक्षेप भएन। हामी ढुक्कले उम्मेदवार बुझ्नसक्यौँ। अन्य पार्टीहरुमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ। झनै मालदार मन्त्रीहरुका लागि कस्तो हुन्छ? मालदार मन्त्रालयमा त १० औं करोडको डिले हुन्छ भन्ने छ। यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ?
उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको पनि बताए।
‘कुशासनका कुराहरु छन्, पैसा कहाँबाट आउँछ, पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भुमिका कस्तो छ? भन्नेकुरा जोडिएको छ, वाग्लेले भने,।
डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे। उनले आफू पछि फर्किने नभइ अघि
बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply