बारा- २ मा राजेन्द्र महतोको समर्थन उपेन्द्र यादवलाई
१९ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ ।
यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाले सत्ता गठबन्धनको उम्मेदवारका रुपमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने भएको हो ।
वरिष्ठ नेता महतोले आफ्नो पार्टीसमेत रहेको गठबन्धनको साझा उम्मेदवारलाई उपनिर्वाचनमा सघाउने बताए । ‘हाम्रो पार्टी समेत रहेको गठबन्धनको बैठकले उपेन्द्रजीलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले नै उहाँको उम्मेदवारीलाई सघाउने भन्ने निर्णय गरिसकेपछि मैले त्यसको विरुद्ध हुने गरी निर्णय गर्ने कुरो आएन’, महतोले भने ।
उनले स्थानीय जनताको माग आफू बारा- २ बाट चुनाव लड्नुपर्छ भन्ने भए पनि पार्टी र गठबन्धनले यादवलाई नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू त्यसलाई मान्न तयार भएको उनको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply