काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर
३ वैशाख, काठमाडौं । काठमाडौं वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । शनिबारदेखि विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको हो
स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहीबारदेखि नै काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको छ ।
बिहीबार १७४ एक्यूआई रहेको काठमाडौंको वायु प्रदूषणको अवस्थामा अहिले १९४ एक्यूआईमा पुगेको छ । आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायुप्रदूषण छ ।
वातावरणविद् भुषण तुलाधर वायुप्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोमा पर्ने गरेको बताउँछन् । उनी वायु प्रदूषणले मानिसको शरीरमा आक्रमण नगर्ने कुनै अंग नै नरहेको बताउँछन् ।
वायुमा हुने दूषित कण श्वासप्रश्वासमार्फत् सुरुमा फोक्सोमा पुग्ने भएकोले यसमा बढी असर देखिन्छ, तुलाधर भन्छन्, ‘अन्तिममा हातखुट्टामा पनि असर देखिन्छ । तर मृत्युतर्फ हेर्ने हो भने चाहिँ सबैभन्दा धेरै प्रदूषणकै कारण ज्यान जाने गरेको छ ।
वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २.५ को मापदण्डमा जाँचिन्छ । पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २.५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ । अहिले काठमाडौंको हावामा यस्ता विषाक्त ग्यासको मात्रा उच्च छ ।
विज्ञहरुका अनुसार बाहिर हावाबाट आएको श्वासनली र नलिकाबाट आउने अक्सिजन रगतसम्म पुग्ने गर्छ र रगतमा रहेको बिकारको पदार्थ कार्बन डाइअक्साइडलाई नलिकाबाट फोक्सोको श्वासनलीबाट बाहिर फाल्ने क्रम रक्तसञ्चार प्रणालीमा चलिरहन्छ । पीएम २.५ ग्यासेस पार्टिकलहरू स्वास्थ्यका लागि खराब खालका हुन्छन् ।
यी ग्यासहरू श्वासनली हुँदै भित्र छिर्छन् । ती हानिकारक पदार्थहरू विभिन्न अंग हुँदै रगतसम्म पुग्छन् र रगतका भित्ताहरूलाई कडा बनाइदिन्छन् । जसले रक्तचाप बढाउँछ ।
रक्तचाप बढेपछि सामान्य अवस्थामा भन्दा प्रदूषणयुक्त ठाउँमा बसेको मान्छेमा हृदयघात र स्ट्रोकको सम्भावना १० गुणासम्म बढेर जान्छ । यसरी वायु प्रदूषणले नै स्ट्रोक र हृदयघातको समेत प्रचूर सम्भावना बढाइदिन्छ ।
वातवरण विभागले वायु प्रदूषणको नकारात्मक असरबाट जोगिन सार्वजनिक अपील नै गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply