समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक : महासचिव पोखरेल
९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । देशको विद्यमान अवस्थालाई बदल्न र बलियो राष्ट्रिय शक्ति बनाउन राजनीतिक ध्रुवीकरण जरुरी रहेको उनको भनाइ छ ।
महासचिव पोखरेलले नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेको बताए । धेरै राजनीतिक दलहरु हुँदा नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजी गर्नुपर्ने भन्दै उनले वैदेशिक चलखेल र हस्तक्षेप पनि धेरै हुने बताए ।
सत्ता केन्द्रित भएर अघि बढ्न खोज्दा जनमतलाई ध्रुवीकरण गर्न सम्भव नभएको बताउँदै उनले भने, आज नेपालमा जति पनि राजनीतिक दलहरु छन्, त्यसको कारण नै के हो भने जनमत विभाजित हुनु । प्रधानमन्त्री, मन्त्रीहरु फेरिरहनु, कसैले दिगोगरी काम गर्ने वातावरण प्राप्त गर्न नसक्नु, यही कारणले गर्दा मुलुक बन्न सकेको छैन ।
बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै राजनीतिक स्थायित्व प्राप्त गर्न सकिने उनको भनाइ छ । नेकपा एमाले यही मान्यताका आधारमा नेपाल र नेपालीलाई बलियो बनाउन क्रियाशील रहेको बताउँदै उनले भने, बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै हामीले राजनीतिक स्थायित्व हासिल गर्न सक्दछौँ । विकास र समृद्धिको यात्रा अगाडि बढाउन सक्दछौँ ।
नेपालका राजनीतिक दलहरु राज्यका विद्रोही होइनन् राज्यका निर्माता हुन् भन्ने मान्यताका आधारमा अगाडि बढ्नु जरुरी रहेको महासचिव पोखरेलले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply