समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक : महासचिव पोखरेल
९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । देशको विद्यमान अवस्थालाई बदल्न र बलियो राष्ट्रिय शक्ति बनाउन राजनीतिक ध्रुवीकरण जरुरी रहेको उनको भनाइ छ ।
महासचिव पोखरेलले नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेको बताए । धेरै राजनीतिक दलहरु हुँदा नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजी गर्नुपर्ने भन्दै उनले वैदेशिक चलखेल र हस्तक्षेप पनि धेरै हुने बताए ।
सत्ता केन्द्रित भएर अघि बढ्न खोज्दा जनमतलाई ध्रुवीकरण गर्न सम्भव नभएको बताउँदै उनले भने, आज नेपालमा जति पनि राजनीतिक दलहरु छन्, त्यसको कारण नै के हो भने जनमत विभाजित हुनु । प्रधानमन्त्री, मन्त्रीहरु फेरिरहनु, कसैले दिगोगरी काम गर्ने वातावरण प्राप्त गर्न नसक्नु, यही कारणले गर्दा मुलुक बन्न सकेको छैन ।
बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै राजनीतिक स्थायित्व प्राप्त गर्न सकिने उनको भनाइ छ । नेकपा एमाले यही मान्यताका आधारमा नेपाल र नेपालीलाई बलियो बनाउन क्रियाशील रहेको बताउँदै उनले भने, बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै हामीले राजनीतिक स्थायित्व हासिल गर्न सक्दछौँ । विकास र समृद्धिको यात्रा अगाडि बढाउन सक्दछौँ ।
नेपालका राजनीतिक दलहरु राज्यका विद्रोही होइनन् राज्यका निर्माता हुन् भन्ने मान्यताका आधारमा अगाडि बढ्नु जरुरी रहेको महासचिव पोखरेलले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply