न्यायिक समिति सिन्धुलीको अध्यक्षमा देवकोटा
१८ बैशाख, सिन्धुली । न्यायिक समिति सिन्धुलीको प्रथम जिल्ला भेलाले मञ्जु देवकोटाको अध्यक्षतामा न्यायिक समिति सिन्धुली मञ्च गठन गरेको छ ।
सिन्धुलीको पर्यटकीयस्थल फिक्कलमा सोमबार सम्पन्न भेलाले कमलामाइ नगरपालिका कि उपप्रमुख देवकोटाको अध्यक्षतामा ९ सदस्यीय न्यायिक समिति गठन गरेको हो । फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालको अध्यक्षता सम्पन्न सो भेलाले जिल्ला न्यायिक समितिको उपाध्यक्षमा घ्याङलेख गापाका उपाध्यक्ष शंकरमान घलान, सचिवमा फिक्कल गाउपालिका उपाध्यक्ष राजु बराल, कोषाध्यक्षमा मरिन गापा कि बिमला माझी र सदस्यहरुमा हरिहरपुरगढी गापाका चेखबहादुर थिङ, कमलामाइ नपाका सदस्य रितेस राउत, तीनपाटन गापाका सदस्य गीता बोगटी चयन भएका छन् । बाँकी दुई जना सदस्य गोलन्जोर र सुनकोसी गापाका न्यायिक समिति सदस्य रहने बताइएको छ ।
जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलालाई उपप्रमुख शान्ता कार्की मार्ग दशर्न गर्नुभएको थियो भने काठमाडौ महानगर पालिकाको कानुन तथा मानव अधिकार विभाग प्रमुख वसन्त आचार्यले सहजीकरण गर्नुभएको थियो । भेलामा फिक्कल गाउपालिकाका अध्यक्ष पार्वती सुनुवारलगायतका जनप्रतिनिधिहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत सूलोचना लुइटेललगायतका कर्मचारीहरु, जिल्ला न्यायिक समिति सदस्यहरु, मेलमिलाप केन्द्र संयोजकहरु तथा मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply