घरमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, ५ जना घाइते
२० वैशाख, तनहुँ । तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । यस्तै अन्य ५ जना घाइते भएका छन् ।
बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा ८ जना घाइते भएको चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सन बहादुर भुजेल रहेका छन् ।
उनका अनुसार अन्य ५ जना घाईतेहरुको उपचार भइरहेको छ। घाइतेहरुमा आयुसा भुजेल , जस्मिन भुजेल , ईश्वर भुजेल , समिर भुजेल र सन्तोष भुजेल रहेका छन् ।
यसैबीच दुर्घटनाको बिषयलाई लिएर पूर्ण रुपमा बन्द रहेको राजमार्ग अहिले दिउँसो सुचारु भएको खाँणले बताए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply