राजा चार्ल्सको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री बेलायत प्रस्थान
२१ वैशाख, काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद आज (बिहीबार) बेलायत प्रस्थान गरेका छन् । उनी २६ गते काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव दिपककुमार जोशीले जानकारी दिए ।
उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भए पनि स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो ।
आगामी मे ६ तारिख (वैशाख २३) मा लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा हुनेछ । यसअघि सन् २००३ मा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्र प्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए । त्यसअघि स्व. राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा तथा राजा महेन्द्रले सन् १९६० मा बेलायत भ्रमण गरेका थिए । नेपालका राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी दुवैले भ्रमण गरेनन् ।
वकिङ्घम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झण्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवार सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने अपेक्षा छ । वेस्टमिनिस्टर आबीमा सन् १०६६ देखि राज्याभिषेक समारोह हुँदै आएका छन् ।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेक समारोहमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलाले पनि रानी मेरीको मुकुट लगाउने छिन् । एलिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्कालाई लन्डन पठाइएको थियो । नेपालले बेलायतसँग पहिलो कूटनीतिक सम्बन्ध सन् १८१६ मा राखेको थियो ।
सम्बन्धित समाचार
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
Leave a Reply