सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : दुई जना गम्भिर घाइते
२२ वैशाख, संखुवासभा । संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ भोटेले जानकारी दिएका छन् ।
उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन लाने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको छ हो । भोटेले हेलिकोप्टरमा सवार २ जना गम्भीर घाइते भएको जानकारी दिएका छन् । उनका अनुसार घाइते हुनेमा पाइलट सुरेन्द्र पौडेल पनि छन् ।
त्यस्तै हेलिकोप्टरमा सामान ढुवानीमा संलग्न संखुवासभाकै चेपुवाका छिरिङ भोटे, भोटखोलाकै भविन गुरुङ र अर्का नाम नखुलेका व्यक्ति सवार थिए । उनीहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुग्दैछ । उपचारमा काठमाडौं लाने तयारी भएको भोटेले बताए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले भने घाइते को हुन् भन्नेबारेमा थप विवरण आउन बाँकी रहेको डीएसपी बताएका छन् । आज सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply