भ्रष्टाचारले देशको अर्थतन्त्र अस्तव्यस्त भयो : सांसद विनोद चौधरी
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । आज (बुधबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारका कारण आम नागरिक पीडित बनेको बताएका छन् ।
उनले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताए । उनले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको बताए । भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भएको छ । विकासका काम रोकिएका छन् । भ्रष्टाचारको नाममा कुरा नमिल्दा अड्किएका छन् । सबैलाई एकै घानमा हाल्नु हुँदैन । सबै प्रक्रियालाई पारदर्शी बनाउनु पर्छ, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई टुंगोमा नपुर्याए र अपराधी भनिएकाहरूलाई पक्राउ गरी कारबाही नगरे बिरोधमा उत्रिने बताए । उनले सरकारले देखाएको पहलकदमी सह्रानीय रहेको उल्लेख गर्दै राजनीतिक दाउपेचमा नेता बचाउने प्रयास भए सह्य नहुने बताए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
Leave a Reply