बुद्धका मूर्ति, नगदसहित केही जिन्सी सामग्री चोरी गर्ने एक जना पक्राउ
![बुद्धका मूर्ति, नगदसहित केही जिन्सी सामग्री चोरी गर्ने एक जना पक्राउ बुद्धका मूर्ति, नगदसहित केही जिन्सी सामग्री चोरी गर्ने एक जना पक्राउ](https://ebudhabar.com/wp-content/uploads/2023/05/Buddha-murti-arrest-amrit-tamang-1024x683-1.jpg)
४ जेठ, काठमाडौं । काभ्रेमा बुद्धका मूर्ति, नगदसहित केही जिन्सी सामग्री चोरी गर्ने एक जना पक्राउ परेका छन् ।
बनेपा नगरपलिका-६ स्थित हरी चन्द्र पोखरेलको ‘हाई भ्यु रिसोर्ट होटल’मा रातको समयमा झ्याल फोडेर चोरी गरेको आरोपमा प्रहरीले २२ वर्षीय अमृत तामाङलाई पक्राउ गरेको हो ।
घटना यही जेठ १ गते राति भएको थियो । निवेदकले दिएको हुलियाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाको टोलीले २ गते राति ११ बजे धुलिखेल नगरपालिका-३ बाट तामाङलाई पक्राउ गरेको हो ।
होटल सञ्चालकका अनुसार यूएसए, यूरो, भियतनाम देशका विदेशी मुद्रा ५०००, भारतीय रुपैयाँ २० हजार, नेपाली नगद ५० हजार, विभिन्न साइजका बुद्धका मूर्तिहरु, दुई /दुई थान ल्याप्टप र आईप्याडलगायत सामान चोरी भएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तामाङसहित अन्य दुई जना पनि चोरीमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
तामाङको बयानका आधारमा चोरी भएको सामान प्रहरीले बनेपा-६ स्थित जंगलमा लुकाएको अवस्थामा बरामद गरेको छ ।
प्रहरीले पाल्देन लामाको मूर्ति थान-२, गुरु रेम्बोच्छेको मुर्ति थान-३, हरियो तारा भएको मूर्ति थान-१, मेडिसिन बुद्धको मूर्ति थान-१, सेतो ताराको मूर्ति थान-१, सरस्वतीको मूर्ति थान-१, लोकेश्वरको मूर्ति थान-१, लाफिङ्ग बुद्धको मूर्ति थान-१, तामाको पाताबाट बनेको माला तथा मालाका सामानहरु राख्ने सानो बाकस थान-१, विभिन्न किसिमका माला तथा माला बनाउन प्रयोग हुने सामानहरु बरामद गरेको छ ।
पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ को म्याद थप गराई अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज तीन मन्त्रीले शपथ लिँदै
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
-
कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
-
एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
Leave a Reply