गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
१८ असार, काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ । प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख गरेका छन् ।
मृत्यु हुनेमा जामनगर जिल्लाका मात्रै ६ जना रहेका छन् । मृत्यु हुने अन्य व्यक्तिहरू अमरेली, बोटाड र आनन्दका स्तानीय रहेको बताइएको छ । जामनगरका तल्लो क्षेत्रहरू डुबानमा परेकाले मानिसहरू घरभित्रै थुनिएका छन् । जामनगर जिल्लाको भिसावदार क्षेत्रमा शुक्रबार ३४९ मिलिमिटर वर्षा भएको छ ।
लगातारको वर्षाका कारण गुजरातमा नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहँदा स्थानीयहरूमा त्रास बढेको छ ।
राज्यको दयनीय अवस्थालाई ध्यानमा राख्दै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले बाढी प्रभावित क्षेत्रहरूमा विशेष गरी राज्यको जामनगर, जुनागढ र कच्छ जिल्लाहरूमा भइरहेको राहत र उद्धार कार्यमा निरन्तर निगरानी बढाएका छन् । स्थानीय प्रशासनका अधिकारीहरूलाई तल्लो क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न लागिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हिमाचल प्रदेश र उत्तराखण्ड राज्यहरू बाढीबाट बढी प्रभावित छन् । आफ्नो पछिल्लो मौसम पूर्वानुमानमा भारतीय मौसम विज्ञान विभागले उत्तराखण्ड राज्यमा जुलाई १–५ सम्म मध्यम देखि धेरै भारी वर्षा हुने सम्भावना रहेको बताएको छ ।
त्यस्तै उत्तराखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य नैनीतालमा अति भारी वर्षा हुने चेतावनी जारी गरिएको छ । हिमाचल प्रदेश राज्यका केही भागहरूमा पहिराले क्षति पु¥र्याएका विवरणहरू आइरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply