कोशीको सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण
२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कोशी प्रदेश सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण भएको बताएका छन् । कोशी सरकार गठनमा सभामुखसहितको मत जोडेर प्रदेश सरकार गठन गरिएपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने क्रममा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्कृय बनेको नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपतिको कदम, आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरु भएको उल्लेख गरेका छन् । महासचिव पोखरेलले यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरेपनि कम हुने टिप्पणी गरेका छन् ।
नेता पोखरेलले राष्ट्रको गरिमा र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरूले गम्भीर हुनुपर्ने उल्लेख गरेका छन् । आज (शुक्रबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन् :
प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषदको निर्णयका आधारमा निष्कृय बनेको नागरिकता विधेयक प्रमाणिकरणगर्ने राष्ट्रपतिको कदम, आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरणगर्ने घटनाहरु हुन् ।
यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरेपनि कम हुन्छ । उक्त घटनाका सन्दर्भमा सत्ता गठवन्धनमा सहभागी दलहरुको बचाउले त्यसवाट नैतिक मूल्यमा भएको क्षतिको भर्पाइ हुन सक्तैन । राष्ट्रको गरिमा र लोकतत्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरु गम्भीर हुनुपर्यो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply