कोशीको सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण
२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कोशी प्रदेश सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण भएको बताएका छन् । कोशी सरकार गठनमा सभामुखसहितको मत जोडेर प्रदेश सरकार गठन गरिएपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने क्रममा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्कृय बनेको नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपतिको कदम, आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरु भएको उल्लेख गरेका छन् । महासचिव पोखरेलले यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरेपनि कम हुने टिप्पणी गरेका छन् ।
नेता पोखरेलले राष्ट्रको गरिमा र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरूले गम्भीर हुनुपर्ने उल्लेख गरेका छन् । आज (शुक्रबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन् :
प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषदको निर्णयका आधारमा निष्कृय बनेको नागरिकता विधेयक प्रमाणिकरणगर्ने राष्ट्रपतिको कदम, आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरणगर्ने घटनाहरु हुन् ।
यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरेपनि कम हुन्छ । उक्त घटनाका सन्दर्भमा सत्ता गठवन्धनमा सहभागी दलहरुको बचाउले त्यसवाट नैतिक मूल्यमा भएको क्षतिको भर्पाइ हुन सक्तैन । राष्ट्रको गरिमा र लोकतत्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरु गम्भीर हुनुपर्यो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply